२०८१ मङ्सिर १७ गते सोमवार

चरा ठोक्किएको आशङ्का पछि जजिरा एअरलाइन्सको विमान गौतमबुद्ध विमानस्थलमा होल्ड

काठमाडौं,जेठ ९ । चरा ठोक्किएको आशङ्का पछि जजिरा एअरलाइन्सको विमानलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा होल्डमा राखिएको छ ।

१ सय २१ यात्रु लिएर गएराति २ बजेतिर भैरहवामा अवतरण गरेको विमानमा चरा ठोक्किएको आशङ्का गरिएको हो । यात्रुहरु सबै सकुशल छन् । विमान राति नै फर्किने तालिका भए पनि चरा ठोक्किएको आशङ्कामा होल्डमा राखिएको विमानस्थल कार्यालयले जनाएको छ।

कार्यालयकाअनुसार प्राविधिकले जाँच गरेपछि मात्रै विमानलाई उडान अनुमति दिइने छ । विमानको बाहिरी भागमा रगत देखिएको तर रनवेमा कतै चरा नदेखिएकाले चरा इन्जिनमा पस्यो कि भन्ने आशङ्का गरिएको छ । त्यसैले प्राविधिकले जाँच गरेपछि मात्रै विमानले उडान भर्ने कार्यालयले जनाएको छ।

गएको २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एअरलाइन्सले हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार उडान गरिरहेको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *