२०८१ मङ्सिर १७ गते सोमवार

स्याङजामा जीप दुर्घटना,आठ जनाको मृत्यु

काठमाडौं, बैशाख ३० । स्याङ्जाको वालिङमा यात्रुबाहक जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन् ।

सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना भएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
जीपमा २० जना सवार रहेको प्रहरीले जानकारी दिएको छ । वालिङ नगरपालिका–१४ पंचमुलमा सडकबाट ५ सय मिटर तल खसेको डिएसपी खनालले बताए ।


प्रहरीले भने दुर्घटनाको क्षतिको एकिन विवरण आउन बाँकी रहेको जानकारी दिएको छ । निर्वाचनका दिन जीपले मतदाता बोकेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *