२०८१ चैत्र ९ गते शनिवार

जेठ १ गतेदेखि बैंकमा पनि हप्तामा दुई दिन बिदा

काठमाण्डौ,बैशाख २८ । आउँदो जेठ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा पनि हप्तामा दुई दिन बिदा हुने भएको छ ।

राष्ट्र बैंकले सूचना निकालेर सरकारको निर्णयअनुसार जेठ १ गतेदेखि शनिवार र आइतवार बिदा दिइने उल्लेख गरेको छ । अरू दिन बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म बैंक खुल्नेछन् ।

दशैँ, तिहार बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा धेरै भएमा तेस्रो दिनदेखि बैंक तथा वित्तीय संस्थाका सेवा नियमित गर्न कर्मचारी खटाएर राजस्व कारोबार गर्ने शाखा खुलाउनुपर्नेछ ।

सेवाग्राहीले एकै दिनमा सम्पन्न हुने सेवाका लागि अर्को हप्ता बैंक धाउनु नपर्ने गरी काम गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *