तुलसीपुर,बैशाख २२ । तुलसीपुर उपमहानगरपालिका वडा न.७ भुगोलको दृष्टिकोणले अन्य वडाको तुलनामा ठुलो र फराकिलो छ । ०७४ सालको निर्वाचनपछि साविकका ३ वटा गाविस गाभेर वडा नं. ७ मा रुपान्तरण गरिएको थियो ।
जनप्रतिनिधि नहुदाँ अस्तव्यस्त रहेको वडामा अहिले भने विकासका कामहरुले गति लिएको छ । वडाले पत्रकार सम्मेलनको आयोजना गरि ५ वर्षे कार्यकालमा गरेका उपलब्धीहरु सार्वजनिक गरेको छ ।
त्यस अवसरमा बोल्दै वडाअध्यक्ष टोपबहादुर केसीले ५ वर्षे कार्यकालमा सडक, स्वास्थ्य,शिक्षा,खानेपानी, कृषिलाई मुख्य प्राथमिकतामा राखेर थुप्रै कामहरु गरेको बताए ।
निर्वाचित भएपछि वडाध्यक्ष केसीकै पहलमा गाउँमा पुगेको मोटरबाटो अहिले सबै टोलबस्तिमा पुर्याइएको छ । उनका अनुसार वितेको ५ वर्षमा वडाका विभिन्न स्थानहरुमा सघिंय सरकारको सहयोगमा ९ किलोमिटर नयाँ सडक कालोपत्रे गरिएको छ । त्यस्तै माताकुटी देखि शवदाह स्थल जाने बाटो निमाणर् भएको छ ।
वडाका भित्रको सडकलाई निरन्तर सञ्चालनमा राख्न विभिन्न स्थानमा नाला,ग्रावेल तथा कल्भर्ट राखिएको छ । प्रदेश र सघिंय सरकारको सहयोगमा बुढागाउँमा नगरस्वास्थ्य केन्द्रको नयाँ भवन निमाणर् गरिएको छ ।
त्यस्तै कोभिड-१९ को महामारी वडाका २ स्थानमा क्वारेन्टाइन स्थापना गरि वडाबासी,तथा बाहिरबाट आउने नागरिकहरुको सेवाका सहजताका लागि खाना,बस्न देखि निशुल्क मास्क सेनिटाइजर वितरण गरिएको थियो । वडकै पहलमा गरिब तथा असाहय घरपरिवारहरुलाई खाद्यन्न सामाग्रीहरु सहयोग गरिएको थियो ।
सिचाईको लागि विभिन्न स्थानमा पक्की कुलो,लाइनिङ,हेमपाइन,पोल र तारजाली निमाणर् गरिएको छ । वडा भित्रका थारु गाउँमा भुयारथान,खेलमैदान निमाणर् गरिएको छ ।
वडाकै पहलमा शान्ति सुरक्षाका लागि प्रर्सेनीमा अस्थायी प्रहरी पोष्ट निमाणर् गरिएको वडाअध्यक्ष केसीले जानकारी दिए । उनका अनुसार वडाको सहयोगमा मावी कालाखोलामा खानेपानी,ल्याव सुरु गरिएको छ भने अपागं विद्यार्थीहरुका लागि अपागंमैत्री छात्रावास निमाणर् हुदै छ । त्यस्तै वडालाई बालश्रम मुक्त वडा घोषणा गर्ने तयारी भैरहेको छ ।
उनका अनुसार साविकको वडा कार्यालय अब भने प्रा.वि श्रीगै स्कुलमा स्थायी रुपमा रहने छ । केही व्यक्तीहरुले वडा कार्यालय सारेर अनेत्र लैजान लागेको भन्दै उहि बैशाख ३० गते हुन लागेको चुनावका लागि मत मागिरहेको बताउँदै केसीले कोइ पनि यसको भ्रममा नपर्न आग्रह गरे ।
उनले यस अघिको वडा कार्यालयको भवन सानो/साघुरो हुदाँ नागरिकहरुलाई सहज रुपमा सेवा दिन कठिनाई भएपछि कार्यापालिकाको बैठकले वडा कार्यालयको भवन अनेत्र सार्ने निणर्य गरेको थियो । सोही निणर्य अनुसार प्रा.वि श्रीगैबाट सेवा सुरु गरिएको हो ।
यसैबिच वितेका ५ वर्षमा वडाले विभिन्न कटाई सिलाई तालिम,दलित महिला तथा विपन्न वर्गका लागि कानुनी शिक्षा तालिम,व्युटीपार्लर ,लागुपदार्थ दुव्र्यशनी सम्बन्धी सचेतना,रेडियो उद्धघोषण तथा पत्रकारिता तालिम,नेतृत्व विकास तालिम,कृषि नर्सरी व्यवसाय सम्बन्धी तालिम,कुमाल समुदायको सास्कृतिक झल्कीने भेषभुषा वितरण,हस्तकला सम्बन्धी तालिम,मन्टेशरी तालिम, सहकारी सम्बन्धी क्षमता अभिबृद्धि लेखा तथा व्यवस्थापन लगाएतका तालिमहरु सञ्चालन गरिएको थियो ।