२०८१ मङ्सिर २९ गते शनिवार

कैलालीको मुक्त कमैया शिविरमा आगलागी हुँदा ६० घर जले

कैलाली,बैशाख ११ । कैलालीको मुक्त कमैया शिविरमा आगलागी हुँदा ६० वटाभन्दा धेरै घर जलेर नष्ट भएका छन् ।

कैलाली गाउँपालिका–७ को रामपुरमा रहेको विपतपुर मुक्त कमैया शिविरमा आज आइतवार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आगलागीको कारण नखुलेको भए पनि खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाले उडाएर शिविरमा आइपुगेको हुन सक्ने अनुमान गरिएको छ । फुसको छानो भएका घर भएकाले कम समयमै धेरै घर जलेका हुन सक्ने प्रहरीले जनाएको छ ।

अहिले चार वटा दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *