२०८२ माघ ८ गते बिहिवार

क्रिशमस डेको अवसरमा तुलसीपुरका मेयरको शुभकामना

तुलसीपुर, पुस १० । । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले इसाई धर्मावलम्बीहरुको महान् चाड क्रिशमसको उपलक्ष्यमा इसाई धर्मावलम्बीहरुलाई शुभकामना दिएका छन् ।

उनले आफ्नो शुभकामना सन्देशमा नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक भएको उल्लेख गरेका छन् ।

जातिय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहेको मेयर पाण्डेले बताएका छन् ।

जनताको संघर्ष र बीरतापूर्ण बलिदानीबाट समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेको हुँदा संविधानको कार्यान्वयनसंगै राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको आवश्यकता भएको मेयरले उल्लेख गरेका छन् ।

‘हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित छैनन् । बरु, राष्ट्रिय एकता, पारस्पारिक सद्भाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहँदै आएका छन्,’ मेयर पाण्डेले भनेका छन् ‘ यस अवसरमा सम्पूर्ण ख्रिष्टियन समुदायमा समृद्धिको अभियानमा बलियो साथ र सहयोगको अपेक्षा गर्द छु।’

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *