दाङ, पुष ८ । अनलाइन टिभी पत्रकार संघ नेपाल दाङ शाखा र तुलसीपुर च्याम्बर अफ कमर्स बिच सहमति भएको छ । दाङको तुलसीपुरमा पुष १ गते देखि १२ गते सम्म संचालन भइ राखेको तुलसीपुर महोसत्वमा अनलाइन टिभी पत्रकार संघ दाङ शाखाका अध्यक्ष राजेश खत्री सहित अन्य पत्रकारलाइ पुष ७ गते महोत्सब आयोजकले समाचार संकलन गर्ने क्रममा दुर्ब्यबहार गरेको थियो ।
आयोजकको दुर्ब्यबहार प्रति अनलाइन टिभी पत्रकार संघ दाङले आपत्ति जनाएको थियो ।
दाङ शाखाले आपत्ति जनाएपछि तुलसीपुर च्याम्बर अफ कमर्स तुलसीपुरका अध्यक्ष टोप बहादुर घर्तिले आयोजकको तर्फबाट माफी मागेपछी साथै आगामी दिनमा यस्तो किसिमका घटना नदोहरिने र प्रेस स्वतन्त्रता कुन्ठित हुने क्रियाकलाप नहुने प्रतिबद्ता जनाएपछि तुलसीपुर च्याम्बर अफ कमर्स र अनलाइन टिभी पत्रकार संघ दाङ शाखा बिच सहमति भएको हो ।
सहमतिमा अनलाइन टिभी पत्रकार संघका तर्फबाट संस्थापक केन्द्रीय सदस्य अमृतमान वली, दाङ शाखा अध्यक्ष राजेश खत्री, सचिव एच आर मगर, सदस्यहरु एसबी वली, बसन्त राना, अर्जुन रोका, बलबीर बिक, झाग्गु भण्डारी, मदन बिक, अनलाइन टिभी पत्रकार संघ सल्यान जिल्ला अध्यक्ष सन्जिब देवकोटा, नेपाल पत्रकार महासंघ सल्यानका कार्यसमिति सदस्य एचपी मगर र तुलसीपुर च्याम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष टोप बहादुर घर्ति, महासचिव प्रेम गिरि, सचिव ऋषि भण्डारी, संस्कृतिक संयोजक सन्तोष खड्का संस्कृतिक उप समिति सदस्य दिपक कुमाल लगाएतको उपस्थिति रहेको थियो ।