२०८३ भाद्र १२ गते शुक्रवार

राप्तीमा समुह समितिका सदस्यलाई तालिम

देउखुरी, असोज ११ । राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले तालिम दिन सुरु गरेको छ ।

राप्ती गाउँपालिका क्षेत्रमा महिलाको क्षेत्रमा काम गर्ने गरि स्थापना भएका समुहका सदस्य तथा कार्यसमिति सदस्यलाई समुह सञ्चालनदेखि लैंगिक हिंसा निवारण तथा सामाजिक व्यवहार परिवर्तन सम्वन्धि प्रशिक्षण दिइएको छ ।

तालिमको उदेश्य स्थानीय स्तरमा समुह तथा सहकारीमा आवद्ध भएर काम गर्न ईच्छुक सदस्य तथा पदाधिकारीहरुको क्षमता अभिबृद्धि गर्नु रहेको थियो ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको सहभागितामा तालिम सुरु भएको थियो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवनकुमारी जिसी, सहायक महिला निरिक्षक कल्पना खनालले सहजिकरण गरेका थिए ।

तालिम समूह गठन, समिति गठन, समूह सदस्यको अनुशिक्षण, समूह, समितिको मासिक बैठक सञ्चालन, बचत परिचालन समूहको गतिशीलता अनुसार बीउ पूँजी परिचालन, महिला (पुरुष समविकास तालिम, आधारभूत तालिम, साथ सम्पर्क, समूह विस्तार र समूह कार्यमा संयोजन लगायतका विषयमा केन्द्रित रहेको छ ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *