
तुलसीपुर, असोज ४ ।सोमबार जनहित संरक्षण मञ्च (प्रो पब्लिक) को आयोजना र आइएफएको सहयोगमा अनुभव आदान प्रदान तथा हस्तान्तरण समारोह एवं सामाजिक लेखा परिक्षण कार्यक्रममा तुलसीपुरस्थित होटेल वष्टर्न प्यालेसमा गरिएको छ ।
सामाजिक एकता तथा सद्भावका लागि चौतारी नाटक करिब ७ बर्षदेखि विजौरी र मानपुर समुदायमा नाट्य संवाद मार्फत मेलमिलाप तथा एकताको काम गर्दै आएको हो । हालसम्म एक सय भन्दा बढी नाटक प्रस्तुत गरिए सकेको आयोजक संस्थाले जानकारी दिएको छ ।
उनीहरुले आफ्नो किताबमा ती मध्य झन्डै पाँच सय कथाहरु समावेश गरेका छन् । समाजमा हुने विभिन्न सामाजिक, आर्थिक, राजनीतिक, जातिय तथा वर्गिय बिभेदका घटनाहरु माथि केन्द्रित रहेर उनीहरु नाट्य संवाद तयार पार्ने गर्छन ।
कार्यक्रम जनहित संरक्षण मञ्चका कार्यकारी निर्देशक बाबुराम पौडेलको अध्यक्षता र जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीको प्रमुख आथित्यतामा भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले कलाकारिता बिना समाज अगाडि बढ्न नसक्ने तर्क गरे ।

नाट्य सम्बादतमा जीवन्त अभिनय गर्नेहरु सबै स्थानीय कलाकारहरु रहेको हुँदा उनीहरु तुलसीपुरको मात्रै नभएर समग्र जिल्लाकै सम्पत्ति भएको मेयर पाण्डेले बताए ।समाजका बिकृति, बिसंगतिका बिरुद्ध सशक्त नाट्य बिधा समयमै पर्दशन गर्न सके त्यसले कमिकमजोरी सच्याउन तथा समाज रुपमान्तरण गर्न अहम भूमिका निर्वाह गर्ने ठूलो सहयोग पुग्ने उनले बताए ।
कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल विकाश समितिका अध्यक्ष पदमप्रसाद लामिछाने, तुलसीपुर वडा नं. १८ का वडाध्यक्ष माधव वली, दलित अधिकारकर्मी निर्मल नेपाली, नागरिक समाजका कमल गौतम, थारु समुदायबाट नाट्य सम्बादतका लागि कथा दिनेहरु प्रतिनिधि भौनाराम चौधरी, चित्रा धिताल लगायत लगाएतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा स्थानीय नागरिक कलाकारले चौधरी समुदायको जीवन सैली, जमिनदारबाट उनीहरुमाथि हुँदै आएको थिचो मिचो, दश बर्षसम्म नेपालमा चलेको सशस्त्र द्धन्द र त्यसले सर्वसाधारण नागरिकको जीवनमा दिएका पीडा बेथाहरु प्रस्ततु गरेका थिए ।
त्यस्तै पछिल्लो समय कोरोना महामारीका समयमा पहुँच वाला ब्यक्ति अर्थात मन्त्रीले, तीनका आफन्तले पाउने सेवा सुबिधा र सर्वसाधारण मानिसले अस्पतालहरुमा बेडा नपाउँदा, अक्सिजन नपाउँदा छटपटाउँदै मृत्यु बरण गरेका कुराहरु नाट्य सम्बादत मार्फत पर्दशन गरिएको थियो ।
स्थानीय कलाकारहरुको जीवन्त अभिनय देखेर दर्शकहरुका आँखाहरु आँशुले भरिएका थिए ।