काठमाण्डौ,भदौ २६ । भारतका लागि पूर्व राजदूत रुक्मशमशेर राणाको निधन भएको छ ।
राणाको ८५ वर्षको उमेरमा बत्तीसपुतलीमा रहेको निवासमा गएराति निधन भएको ज्वाइँ अनिलकेशरी शाहले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपणपछि उहाँले नियमित डायलाइसिस गर्दै आएका थिए । नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमशेरका कान्छा छोरा रुक्मशमशेर सन् २००९ देखि २०११ सम्म भारतको राजदूत र्बनेका थिए ।
साथै उनी नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपमा दुई पटक सदस्यसचिव रहेका थिए ।
उनी अहिले ओलम्पिक कमिटीको मानार्थ अध्यक्ष थिए ।
प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार