२०८२ कार्तिक २५ गते मङ्गलवार

युवाले ब्यबसायमुलक काम गर्दा लाज मान्नु हुँदैन – भुषाल


घोराही, भदौ २५ । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा शुक्रबार घोराहीमा उद्यमशिलतामा युवाहरुको भुमिका बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नारायण भुषालले उद्यमशिलतामा युवाहरुको अत्यधिक र सकृय सहभागिता गराउन सके त्यो उर्जाशिल जनशक्तिले देशलाई समृद्धिको बाटोतर्फ डो¥याउने बताए ।

भुषालले बजारको संभावना र आवश्यक्तालाई आँकलन गरेर ब्यापार तथा ब्यवसाय गर्दा स्वरोजगारहरुको संख्यामा बृद्धि हुनसक्ने संभावना आंैल्याए । त्यस्तै उनले युवालाई कुनैपनि सिपमुलक तथा ब्यबसायमुलक काम गर्दा लाज, हिनताबोध नमानेरै थोरै लगानी बाट अनुभव संगाल्दै अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा केन्द्रकी कानुनी सल्लाहाकार सौगतविर चौधरीले परस्थिति जस्तोसुकै भएपनि मात्तिन र आत्तिन नहुने बताए ।
उनले संयमता र धैर्यताले नै मान्छेलाई सफलतातर्फ लैजाने तर्क गरे । कार्यक्रममा त्रिभुवन नगर जेसिज बर्ष २०२१ का अध्यक्ष मुकेश शर्माले युवाले आफ्नै देशमा मिहेनत गर्न अप्ठ्यारो मान्ने र बिदेश जान लालायित हुने जस्ता कार्यले गर्दा नै देशमा सोचेजस्तो संबृद्धि आउन नसकेको बताए ।

केन्द्रकी अध्यक्ष आशमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको सृर्जना गर्ने उद्देष्यले खोलिएको संस्थाले गाँउ तथा समुदायलाई नै हरेक कुरामा सशक्त बनाउ बनाउँदै लगेको दाबी गरिन ।

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *