२०८१ असार ३ गते आइतवार

३० करोड ७३ लाखमा बेलझुण्डी खानेपानी आयोजना निर्माण गर्ने संझौंता


तुलसीपुर, भदौ ११ ।बेलझुण्डी खानेपानी अयोजना सम्पन्न गर्न दुई बर्षमा काम सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगञ्ज, बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र निर्माण कम्पनी मृत सञ्जीवनी स्वामीनारायण सगुन जेभीबीच शुक्रबार नै सम्झौता भएको हो ।

सहलगानी अन्तर्गत ३६ करोडको स्टमेट भएपनि निर्माण कम्पनीले ३० करोड ७३ लाखमा सम्झौंता स्वीकार गरेको हो ।

कुल रकमको ७० प्रतिशत नेपाल सरकारको अनुदान नरहने छ । ३० प्रतिशत उपभोक्ताले उठाउनुपर्ने छ । एक बर्ष अघि डिपी आरको काम सम्पन्न भएपछि गएको जेठमा आयोजना निर्माणका लागि टेण्डर आब्हान गरिएको थियो ।

आयोजनाको काम अन्तर्गत ४ वटा मुहान, ३ वटा रिजरर्भ टंकी, ९४ किलोमिटर शाखा पाइपलाइन विस्तार, १५ किलोमिटर मुख्य पाइपलाईन विस्तार, पानी सुद्धिकरण प्लान्ट, खानेपानीको प्रशासनिक भवन निर्माण लगाएतका छन् । आयोजना सम्पन्न भएमा २४सै घन्टा धारामा पानी आउने र मुहानदेखि मुखसम्म उपभोक्ताले सुद्ध पिउने पानी प्राप्त गर्ने अध्यक्ष गौतमले बताए । ३२ सय घरधुरी रहेको अयोजना क्षेत्रमा सहलगानी लागुभएपछि उपभोक्ताहरु खुशी भएका छन् ।

आयोजना पुरा भए घर घरमा धारा – मेयर पाण्डे
तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले बेलझुण्डी खानेपानी आयोजना सम्पन्न भएमा एक घर एक धाराको नाराले सार्थकता पाउने बताएका छन् ।

बेलझुण्डी सहलगानी खानेपानी आयोजनाको सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार मेयरले योजना सम्पन्न भए घर घरमा धारा पुग्ने बताए ।

दाङमा सहलगानीमा परेका तुलसीपुर खानेपानी, अमृतपुर खानेपानी र बेलझुण्डी खानेपानी मध्य बेलझुण्डी सहलगानी खानेपानी अयोजनाको सम्झौतासंगै अब निर्माणको काम अघि बढ्ने भएकाले तोकेको समयमा काम सम्पन्न गरेर इमानदारिता प्रर्दशन गर्न उनले आग्रह पनि गरे ।

बेलझुण्डी खानेपानी आयोजनाको निर्माण कार्यका लागि झण्डै ३१ करोडमा सम्झौता भएको छ । कार्यक्रममा निर्माण व्यवसायी सहदेव खड्काले काम गर्ने वातावरण तयार भएमा तोकेको समय भन्दा ६ महिना अघि आयोजनाको काम सम्पन्न गर्ने आशा ब्यक्त गरे ।

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *