देउखुरी, भदौ ३ । राप्ती गाउँपालिका अन्तरगत सात वटा वडा कार्यालयले आफ्नै भवन वाट सेवा दिन सुरु गरेका छन् । थप दूईवटा वडाको भवन निर्माणाधिन अवस्थामा रहेका छन् ।
बुधबार राप्तीमा ७ नम्बर वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । यो संगै राप्तीमा अब १, २, ३, ५, ६, ७, ८ नम्बर वडाहरुले आफ्नै भवनबाट सेवा दिइ रहेका छन् । वडा नं. ४ र ९ मा भवन निर्माणको काम हुँदै आएको छ ।
बुधबार वडा नं. ७ का वडाध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता र राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यता भवन उद्घाटन कार्यक्रम भएको हो ।
नयाँ भवन निर्माण भएसंगै वडा कार्यालय अब भाडाको घरमा बस्नुपर्ने झन्झटबाट मुक्ति पाएको छ ।
भवन ७२ लाख ५८ हजारको लागतमा निर्माण भएको हो । दूई तले भवनमा ४ कोठा, २ वटा हल सहित ६ शौचालय रहेका छन् ।
प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार