२०८१ असार ३ गते आइतवार

कोहलपुरमा कोरोना सम्वन्धी सचेतना अभियान


बाँके, भदौ १। बाँकेको कोहलपुरमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सचेतनामुलक अभियान सञ्चालन गरिएको छ । कोरोना भाइरस सम्वन्धी जनतालाई सचेतना फैलाउने र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सिकाउने उद्देयले विभिन्न संघसस्थाहरुको सहकार्यमा कोहलपुरमा कार्यक्रम गरिएको हो ।

रेरी बाँके, जेसीज कोहलपुर÷जुनियर, मेचीमहाकाली बुहारी संयुक्त आवाजको आयोजन तथा करितास जर्मन र कारितास नेपालको आर्थिक सहयोग एवं कोहलपुर नगरपालिका, इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको समन्वयमा मंगलवार कोहलपुरमा कार्यक्रम गरिएको थियो ।

‘कोरोना महामारी रोकथाम र नियन्त्रणमा हाम्रो प्रतिवद्धता, मास्क लगानु नै हो आजको आवश्यकता’ भन्ने नाराका साथ सचेलक मुलक कार्यक्रम गरिएको हो । अभियानका क्रममा ‘तपाईको मास्क खोई ?’, ‘कोरोनाबाट सुरक्षित रहन बारम्वार सावुन पानी वा सेनिटाईजरको प्रयोग गरौ’ भन्ने विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर ¥याली समेत निकालिएको रेरी बाँकेका कार्यक्रम संयोजक मनोज पौडेलले जानकारी दिएका छन् । उनका अनुसार अभियानका क्रममा मास्क नलगाई हिड्ने पदयात्रीहरु, सवारी चालक, यात्रुहरूलाई मास्क बितरण गरिएको थियो साथै ७५० थान मास्क इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरिएको थियो ।

कार्यक्रम रेरी बाँकेका अध्यक्ष पुनितबिक्रम शाहको अध्यक्षता तथा कोहलपुर नगरपालिका नगर प्रमुख लुटबहादुर रावत रावतको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस अवसरमा बोल्ने बक्ताहरुले कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्न सर्वसाधारण नागरिकलाई आग्रह गरेका थिए ।

कार्यक्रमको उद्देश्यका बारेमा रेरी बाँकेका अध्यक्ष पुनितबिक्रम शाहले प्रकाश पारेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रमुख रबिन्द्र खनाल, कोहलपुर जेसीजका अध्यक्ष रामप्रसाद पाण्डे,जिल्ला ट्राफिक प्रहरी इन्चार्ज राजु भण्डारी लगायतले बोलेका थिए । रेरी बाँकेका कार्यक्रम संयोजक मनोज पौडेलका अनुसार रेरी बाँकेले बुधवारदेखि कोहलपुरमा मास्क बैंक सञ्चालन गर्ने भएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *