
तस्बिर – स्वतन्त्र भट्टराई ।
तुलसीपुर, साउन ३० । केही दिन यताको अबिरल बर्षाका कारण तुलसीपुरको बन्गैमा एक चौधरी परिवारको घर ढलेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० बन्गै निवासी अंकल्या चौधरीको घर शनिबार दिउँसो अबिरल बर्षाका कारण भत्किएको हो ।
स्थानीय घनश्याम चौधरीका अनुसार शुक्रबार बिहान मात्रै तुलसीपुर ११ बेलगनारी निवासी रामबहादुर चौधरीको घरपनि बर्षाका कारण भत्किएको थियो । घर भत्किएपछि भित्र रहेको अन्नपात, लत्ता कपडा, गरगहना र केही नगद समेत नष्ट भएको चौधरीले बताएका छन् ।
प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार