
घोराही, साउन ३० । द्धन्द पीडित महिलाहरुको लागि सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रमका महिला शान्ति पहलकर्ताहरुलाई तीन दिने कथा वाचन तथा लेखन तालिम घोराहीमा भएको छ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा दाङ र रोल्पा जिल्लाका द्धन्द पीडित महिलाहरुको लागि सञ्चालित ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रममा आवद्ध महिला शान्ति पहलकर्ताहरुलाई तालिम प्रदान गरिएको हो ।
सशस्त्र द्धन्दको समयमा विभिन्न माध्यमबाट प्रत्यक्ष पीडा भोगेका महिलाहरुका लागि सञ्चालित कार्यक्रमका शान्ति पहलकर्ताहरुलाई ‘द स्टोरी किचनको टीम’ले तालिम दिएको हो । तालिममा द्धन्दको समयमा हुने महिला हिंसा, त्यसको संरचनात्मक कारण र नेपालको सन्दर्भ, महिला शान्ति पहलकर्ताहरुको काम, चुनौति र समाधानका उपायहरु, कथा सुन्ने तरिका, कथा लेख्ने तरिका लगायतका विषयमा छलफल गरिएको थियो ।
द्धन्दपिडीत महिलाहरुकालागी दाङ र रोल्पामा महिला शान्ति र सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको छ । जसले द्धन्द पीडित महिलाहरुको मानसिक स्वास्थ्य र आयआर्जनको क्षेत्रमा काम गर्दै आएको कार्यक्रम प्रमुख रमेश केसीेले जानकारी दिए ।
तालिमको सहजिकरण ‘द स्टोरी किचन’का जया लुईटेल, बीजु कडेल, सुनिता र साकाले गरेका हुन ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको तालिम समापनका अवसरमा नागरिक आवाज ललितपुरका कार्यक्रम म्यानेजर हरिबहादुर धामी, वरिष्ठ कार्यक्रम अधिकृत शीखा भट्टराई, नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव एवं कार्यक्रमका फोकल पर्शन शीवा योगी, दाङ जिल्लाका कार्यक्रम प्रमुख रेमश के.सी, रोल्पाका कार्यक्रम प्रमुख दिनेश सुवेदी, महिला शान्ति पहकर्ताहरु जया चौधरी र घनी बिकले मन्तव्य ब्यक्त गरेका थिए ।
सहभागीहरुले तालिमले आफूहरुलाई समाजमा गएर द्धन्द पीडितहरुको लागि काम गर्न सहज हुने बताएका थिए । कार्यक्रमको सहजिकरण महिला शान्ति र सुरक्षा कार्यक्रमका मनोविमर्शकर्ता लक्ष्मी ढकालले गरेकी हुन ।