२०८२ कार्तिक २२ गते शनिवार

ज्वाइँलाई छाेरा बनाएर नागरिकता बनाएको आराेपमा तीन जना जेल चलान

सप्तरी,साउन २८ । भारतीय नागरिकलाई कीर्ते गरि नागरिकता बनाइदिएको आरोपमा ज्वाइँ ससुरासहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

कीर्ते गरि​ नागरिकता बनाइदिएको आरोपमा देवन यादव, शिवनन्दन यादव र सञ्जिव कुमार यादवलाई पुर्पक्षका लागि राजविराजमा रहेको कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

तीनै जना सप्तरी जिल्ला अदालतमा मुद्दाको सम्पूर्ण अनुसन्धानपछि सक्कलै मिसिल कागजातहरु पेस गरेका कागजको आधारमा पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालयले दिएको जनकारी अनुसार सप्तरीको राजविराज नगरपालिका–१५ बस्ने देवन यादवले आफ्नो ज्वाइँ भारतीय नागरिक शिवनन्दन यादवलाई आफ्नो छोरा बनाएर नागरिकता दिन लागिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

लिखत सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा जिल्ला सप्तरी राजविराज नगरपालिका–१५ बस्ने देवन यादव र , कीर्ते कागजात तयार गर्ने सञ्जिव कुमार यादव र भारतीय नागरिक शिवनन्दन यादव (ज्वार्इ )  सुरेश कुमार यादव समेत चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

सञ्जिव कुमार यादवसँग मिलेमतो गरी राजविराज नगरपालिका–१५ का वडा अध्यक्षको हस्ताक्षर, वडा कार्यालयको छाप, लेटर प्याड समेत कीर्ते खडा गरी कागजातहरु तयार गरी नेपाली नागरिकता बनाउन भनी जिल्ला प्रशासन कार्यालय सप्तरीमा गएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।

पछिल्लोपटक सप्तरीमा भारतीयहरुले नागरिकता लिनेहरु बढेकाले यसलाई नियन्त्रण गर्नुपर्नु माग गरिएको छ ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *