तुलसीपुर, असार ३१ । बिहीबार करेन्ट लागेर तुलसीपुरमा एकजनाको मृत्यु भएको छ । करेन्ट लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ शिबशक्ति टोलका ३३ बर्षीय मंगलसिंह रावतको मृत्यु भएको छ ।
दिउँसो २ बजेतिर घरको पानी तान्ने मोटरले काम नगरेपछि मोटर चेक गर्ने क्रममा करेन्ट लागेर रावत गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि राप्ती लाईफ केयर हस्पिटलमा पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार