तुलसीपुर, असार २८ । तुलसीपुर उपमहानगरपालिकालाई बालश्रम मुक्त गर्ने अभियान तीब्र पारिएको छ ।नगर बाल समिति,सामाजिक बिकास समिति र बालबालिका तथा सामाजिक बिकास समितिले यस क्षेत्रमा क्रियाशिल बाभिन्न सामाजिक सघंसस्था सगंको परामर्षमा अभियानलाई सार्थक बनाउन लागिपरेको वडा नम्बर ६ का अध्यक्ष एवं अभियान्ता नबराज लामिछानेले बताए ।
‘हामी कानुन तह यो अभियान न्यूनिकरण गर्ने अभियानमा छौ,’ उनले भने ‘कानुन कार्यान्वयनमा केहि जटिलताहरु पक्कै छन तैपनि सबै संगको सहयोगमा तुलसीपुरलाई एकदिन बालश्रम मुक्त गर्न सफल हुने छौ ।’
उपमहानगरपालिकाले सोमबार तुलसीपुर उद्योग बाणिज्य सघंको सहकार्यमा बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु सग छलफल तथा परामर्ष कार्यक्रम समेत गरेको छ ।बाणिज्य सघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरुले १८ बर्ष सम्मका बालबालिकाहरुलाई श्रममा लगाउनु भनेको कानुनको उलंघंन गर्नु भएको बताए ।
सो अबसरमा वडा नम्बर १०का वडा अध्यक्ष कुमार लामिछाने , बालबालिका तथा सामाजिक बिकास समितिका संयोजक माया श्रेष्ठ,बाणिज्य सघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी,उपाध्यक्ष ललित जंग शाह, वडा नम्बर ५ नम्बरका वडा सदस्य अजय बुढाथोकी , बाणिज्य सघंका सदस्यहरु मदन केसी,मोहन भण्डारी,दिपेश भण्डारी,तुलसीपुर सुनचाँदी समितिका अध्यक्ष हरि बिक, तुलसीपुर होटल ब्यबसायि समितिका सचिब ईन्द्रबहादुर बस्नेत लगायतकाले आफुहरु बालश्रम मुक्त गर्ने अभियानमा सहयोगिको भुमिका खेल्ले प्रतिबद्दता ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजिकरण महासचिब बिनिल केसीले गरेका हुन ।
तुलसीपुर उधोग बाणिज्य सघंको सहकार्यमा होटल, पार्टी प्यालेस, सिनेमाहल, ईट्टा भट्टा, पुरिया घर, सार्बजनिक यातायात लगायतका स्थानहरुमा संयुक्त रुपमा अनुगमन र निगरानी गर्न उपमहानगरपालिकाले कार्यदल गठन गरेर प्रकृया अगाडि बढाउने भएको छ ।