२०७८ साउन २० गते बुधवार

भारतमा चट्याङ्ग लागेर ३५ जनाको ज्यान गयो

काठमाण्डौ,असार २८ । भारतको उत्तर प्रदेशमा चट्याङ्ग लागेर २८ जनाको ज्यान गएको छ । चट्याङ्ग लागेर उत्तर प्रदेशका विभिन्न ठाउँमा २८ जनाको ज्यान गएको हो ।

केही गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले ज्यान गुमाउनेका परिवारलाई राहत स्वरुप चाररचार लाख रुपैयाँ दिने घोषणा गर्नु भएको छ ।

यस्तै, राजस्थानमा पनि चट्याङ्ग लागेर सात जनाको ज्यान गएको छ । हिजो भारतका विभिन्न राज्यमा चट्याङ्गसहित ठूलो वर्षा भएको भारतीय अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *