सर्लाही,असार १८ । बारामा शुक्रवार बिहान जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका–२ औधापुरका ४५ वर्षीय रामदेव पटेलको ज्यान गएको हो।
खेतमा काम गरिरहेका पटेललाई बिहान करिब पौने नौ बजे जङ्गली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको र उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटैमा ज्यान गएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराए ।
जङ्गल क्षेत्रबाट करिब १५/१६ किलोमिटर टाढा सदरमुकाम कलैया नजिक आएर हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार