२०८१ चैत्र ९ गते शनिवार

जस्ले आफ्नो जन्मदिनमा गरिबको घर निर्माण गर्न जस्तापाता सहयोग गरिन

तुलसीपुर, असार १६ । तुलसीपुरकी एक युबतीले आफ्नो जन्मदिनमा गरिब परिवारलाई घर निर्माणमा सहयोग पुगोस भन्ने हेतुले जस्तापाता सहयोग गरेकी छिन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की दीक्षा केसीले आफ्नो २०औं जन्मदिनको अबसरमा बुधबार शान्तिनगर गाउँपालिका वडा नं. ३ अधेरे निवासी अति विपन्न दलबहादुर कुमाल परिवारको घर निर्माण गर्न २५ हजार बराबरको जस्तापाता सहयोग गरेकी हुन ।

कुमालको घर हाल बिप्लव नेतृत्वको नेपाल कम्युुष्टि पार्टी दाङले श्रमदान गरि निर्माण गरिरहेको छ । केसीले जन्मदिनमा गरिबको घर निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन ।

जस्तापाता हस्तान्तरण कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सदस्य बिरेन्द्रले सहयोगी केसीलाई धन्यबाद दिएका थिए ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्काले परम्परागत रुपमा जन्म दिन मनाउनु भन्दा रचात्मक रुपमा जन्म दिन मनाउने केसी एक उदाहरणिय पात्र भएको बताए ।

प्रकाशित मिति : २०७८ असार १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *