२०८१ असार ७ गते बिहिवार

रेशम खड्काले आफ्नो रगत दिएर सुत्केरीको ज्यान जोगाए


तुलसीपुर, असार १५ । आफ्नो तुलसीपुरका युवा रेशम खड्काले सुत्केरीलाई आफ्नो रगत दिएर ज्यान जोगाएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी खड्काले तुलसीपुर १२ की सुत्केरी पुष्पा चौधरीलाई रगत दिएर ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेका हुन ।

चौधरीले राप्ती प्रादेशिक अस्पतालमा छोरीको जन्म दिएपछि रगत अभावका कारण ज्यान जोखिमा परेको सूचना माधव कँडेलले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । त्यो सूचना देख्ना साथ तुलसीपुरमा मोबाईल पससल सञ्चालन गर्दै आएका खड्काले अस्पताल पुगेर रगत दान गरि सुत्केरीको ज्यान जोगाएका हुन ।

मंगलबार नै खड्काको आफ्नो जन्मदनि पनि परेको थियो ।आफ्नो जन्मदिनमा रगत दिएर सुत्केरीको ज्यान जोगाउन जस्तो पून्य कर्म गर्ने अवसर पाएको भन्दै खड्काले खुसी साटे । अस्पताल प्रशासनका अनुसार हाल आमा नबजात सिशु दुबैको अवस्था सामान्ने रहेको छ ।

प्रकाशित मिति : २०७८ असार १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *