२०८१ चैत्र ४ गते सोमवार

बैलाहा खोलाको नहरले बगाउँदा ३ बर्षीया बालिकाको मृत्यु

तुलसीपुर, असार १३ । बौलाहा कुलोको नहरमा डुबेर पश्चिम दाङमा एक बालिकाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. ६ कोरबाङ निवासी ३ वर्षीया यमसरा चौधरीको बौलाहा खोलाको नहरमा बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

इप्रका सञ्चार शाखाका अनुसार नहरमा पानी खेलाउने क्रममा उनी बिहान १० बजेतिर लडेर नहरमा परेपछि बग्न पुगेकी थिइन । उनको शब घटनास्थल भन्दा झन्डै एक किलोमिटर दक्षिणमा पौने ११ बजेतिर फेला परेको प्रहरीले जनाएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका शव पोष्ट मार्टमका लागि ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *