
दाङ, असार १३ । बाँके प्रहरीले बैंकिङ कसुरका एक जना फरार प्रतिबादीलाई आइतबार पक्राउ गरेको छ ।
कैलाली जिल्लाको टिकापुर घर भइ हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १८ कारकाँदोमा बस्दै आएका ३५ बर्षीय महेन्द्र लोहारलाई पक्राउ गरिएको छ ।
जिल्ला अदालत बाँकेले दूई बर्ष अगाडि लोहरलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै ११ लाख २५ हजार जरिवाना र ८ दिन कैदको फैसला सुनाएको थियो । २०७६-०९- २३ गते अदालतले उक्त फैसला सुनाएको भएपनि लोहार फरार रहँदै आएका थिए ।
प्रकाशित मिति : २०७८ असार १३ गते आइतवार