२०८१ चैत्र ९ गते शनिवार

सेफ हाउसलाई बिभिन्न सामान सहयोग


लालमटीया, असार १३ । देउखुरीस्थित सेफ हाउसलाई सञ्चालन तथा ब्यवस्थापनका लागि सामाग्री उपलब्ध गराइएको छ ।हिंसा पीडित नागरिकको सुरक्षा तथा न्यायमा सहजता पुगोस भन्ने उदेश्यका साथ उक्त सेफ हाउस सञ्चालन गरिएको हो । राप्ती गाउँपालिका ४ मौरीघाटमा रहेको मिलाप कृषि सहकारी संस्थाले अष्ट्रेलियन एड, अष्ट्रेलिया कारितास र कारितास नेपालको आर्थिक सहयोगमा ५३ हजार ६ साय ८६ रूपैंया बराबरको सामाग्री सहयोग गरेको छ ।

राप्ती गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक जगदम्वा कुमारी चौधरीलाई दलबहादुर घर्ती मगर र मिलाप कृषि सहकारी संस्थाकी ब्यवस्थापन अनु चौधरीले आइतबार संयुक्त रूपमा ती सामाग्री हस्तान्तरण गरेका हुन ।सेफ हाउस सञ्चालनमा थप सहयोग पुगोस भन्ने उदेश्यका साथ किचेन ¥याक, किचेन सेट, चियर, स्टील दराज, फाईवर सिरक लगाएतका सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सामाग्री बुझ्दै गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक कुमारी चौधरीले न्याय र सुरक्षाका लागि नागरिलार्ई हिंसाबाट जोगाउन र हिंसा न्यूनिकरण गर्दै जान सबै पक्षको सहयोग आवस्यक पर्ने बताइन ।

सेफ गत बर्ष कात्तिकदेखि सञ्चालनमा आएको हो । जहाँ हालसम्म एक जना पीडितलाई संरक्षणका लागि राखेर न्याय प्रदान गरिएको महिला विकास शाखा प्रमुख जीवन कुमारी जिसीले बताइन ।

प्रकाशित मिति : २०७८ असार १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *