२०८१ चैत्र ९ गते शनिवार

२४ घण्टामा २१४१ जनाले कोरोना भाइरसलाई जिते, २६०७ संक्रमित थपिए

काठमाडौं,असार १३ । नेपालमा थप २ हजार १४१ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ले २४ घण्टामा २ हजार १४१ जनाले कोरोना भाइरसलाई जितेको जनाएको हो ।

विहीवार २ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ४८४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

विगत २४ घण्टामा ३९ जनाको भने कोरोनाका कारण ज्यान गएको छ।

प्रकाशित मिति : २०७८ असार १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *