तुलसीपुर , असार ९ । सामाजिक सञ्जालमा महिलाको फोटो राखेर महिलालाई अल्लिल कुराहरु पठाएको अभियोगमा एक युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १५ का १९ बर्षीय डेबिट पुनलाई पीडित दूई जना महिलाको जाहेरीका आधारमा असार ६ गते प्रहरीले पक्राउ गरेको हो ।
फेसबुक र टिकटिकमा महिलाको फोटो राखेर नक्कली आइडी बनाई अल्लिल शब्दहरु र बस्तुहरु पठाउने गरेको अभियोगमा पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले बताए ।
पुनका बिरुद्ध दूई जना महिलाले प्रहरीमा लिखित जाहेरी दिएका थिए । ती महिलाले पुनलाई संझाउन खोज्दा उल्टै आफुहरुमाथि हातपात तथा दुब्र्यबहार गरेको जाहेरीमा उल्लेख गरेका छन् । पुनका बिरुद्ध प्रहरीले अभद्र ब्यबहार कसुरमा मुद्दा चलाई अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार