पाँचथर,असार ७ । कुलो बनाउने क्रममा आएको पहिरोले पुरेर पाँचथरको याङवरक गाउँपालिका २ मा एकजना शिक्षकको ज्यान गएको छ ।
याङवरक २ स्थित नुवा खोलाबाट ल्याइएको कडरीया कुलो बनाउने क्रममा इन्द्रवति प्राविका ५८ वर्षीय शिक्षक टेकनाथ धौरालीको ज्यान गएको वडाध्यक्ष देउकुमार योङहाङले जानकारी दिए ।
पहिरोमा परेर खड्प्रसाद राई घाइते भएका छन् । राईको ढुंगाले हातमा चोट लागेको वडा सदस्य हरि अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार