२०७८ साउन २० गते बुधवार

सल्यानमा मृत फेला परेकी महिलाको घाँटी थिचेर हत्या भएको तथ्य उजागर

दाङ, असार ६ । असार १ गते सल्यानमा मृत फेला परेकी एक महिलाको घाँटी थिचेर हत्या भएको तथ्य उजागर भएको छ ।सल्यानको दार्मा गाउँपालिका वडा नं. ५ गौतेकी ३० वर्षीया खिमा खड्काको घाँटी थिचेर हत्या भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । आइतबार प्राप्त पोष्टमार्टम रिपोर्टमा घाँटी थिचेर खड्काको मृत्यु भएको आशंका रिपोर्टमा उल्लेख रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिए ।

जेठ ३१ गते बेलुकादेखि खड्का हराएकी खड्का स्थानीय ठोलो खोलामा मृत अवस्थामा फेला परेकी थिइन ।

उनका पति खिमबहादुर खड्का भने श्रीमतीको मृत्युको खबर पाएपछि शुक्रबार मात्रै इण्डिायाबाट घर फर्किएका थिए ।रोजगारीको सिलसिलामा बिगत आठ महिनादेखि खिमबहादुर भारतको सिमला बस्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ ।

तर, खड्काको परिवारले भने खिमाको बलात्कारपछि हत्या भएको दाबी गर्दै आएको छ । डिएसपी थापाले ल्याब टेष्टको रिपोर्ट आएपछि मात्रै बलात्कार भए नभएको बारे एकिनका साथ भन्न मिल्ने जानकारी दिए ।

शनिवार मात्रै जिल्ला अस्पताल खलंगाबाट खिमाको शब परिवारका सदस्यले बुझेरका थिए । उनको अन्तिम संस्कार शनिवार नै भइसकेको छ । प्रहरीले गम्भीर ढंगले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *