२०८१ बैशाख १९ गते बुधवार

दारी ग्याङले सडक चौपायालाई खाना खुवाउदै

तुलसीपुर, जेष्ठ १०। दाङमा जारी लकडाउन संगै दारी ग्याङ दाङले लकडाउनमा ‘कोही भोको नरहून’ भन्ने उद्श्यले बिगत १४ दिन देखि फुड बैंक सचालन गरिरहेको छ । ग्याङले फुड बैंक मार्फत महामारीको बेलामा ज्याला मजदुरी गरि खान गाह्रो भएका तथा विपन्न परिवारलाइ घरमै पुगेर राहत प्रदान गर्दै आएको ग्याङका सदस्य अभिषेक ओलीले बताएका छन ।

यस्तै हिजो आइतबार देखि तुलसीपुर, घोराही बजार क्षेत्र भित्र रहेका सडक चौपाया कुकुरलाई खाना र गाइबस्तुलाई घाँस खुवाउन सुरु गरेको छ। यो अभियान करीब एक हप्ता सम्म रहने ओलीले बताएका छन ।

अघिपछी पसलहरु खुल्दा सडक चौपायाले त्यहीवाट खाना प्राप्त गर्ने भएपनि लामो लकडाउनका कारण उनीहरु भोकभोकै परेको हुँदा हामीले सुरु गरेको अभियानलाइ बिभिन्न व्यक्तिहरुले स्वतस्फुर्त रुपमा सहयोग गरे संगै आफुहरुले सडक चौपायालाई खाना खुवाएको ओलीले बताए ।

आज सोमबार तुलसीपुरको गुमराह चोक, विरेन्द्र चोक, हात्तिखौवा र घोराही बजारका केहि ठाउँमा सडक पशु चौपायालाई ग्याङका ४,५ जना साथीहरु मिलेर खाना,घाँस खुवाएको उनले जानकारी दिए । यसलाई धेरैले उदाहरणिय कार्यको रुपमा अथ्र्याएका छन् ।

यस्तै ग्यांगलाइ तुलसीपुर १८ हेमन्तपुर स्थित ग्रीन कोर ग्रुप कृषि फर्म प्रालिले घाँस सहयोग गरेको छ।

दारी ग्यांग दाङको अभियानलाइ सहयोग गर्न इच्छुक व्यक्तिहरुले ग्लोबल आइ.एम.इ बैंक तुलसीपुर शाखामा नारायण गौत/मनिष गौतमको नाममा रहेको खाता न. ५७०७०१००१०८७७ वा इ-सेवा न. ९८५७८८२५० मा सहयोग गर्न सकिने दारी ग्यांग दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *