तुलसीपुर,जेठ ९ ।स्वर्गिय हिरा डाँगी फाउण्डेसन् तुलसीपुरले बिरामीहरूलाई निशुल्क खाजा वितरण अभियान सञ्चालन गरेको छ । फाउण्डेसनका उपाध्यक्ष भुपेश डाँगीको नेतृत्वमा आज आइतबार देखि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा औपचारिक रूपमा उक्त अभियान सुरु गरिएको हो ।
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणका कारण अस्पतालमा आउने बिरामीहरूलाई निशुल्क खाजा वितरण अभियान सुरु गरिएको फाउण्डेसनका सल्लाहाकार जितेन्द्र प्रकाश वलीले जानकारी दिए । अभियानको पहिलो दिन झण्डै ५० जना बिरामी तथा अस्पतालका कर्मचारीहरुलाई चना,अण्डा लगाएतका खाजा वितरण गरिएको छ ।
सो अवसरमा राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदम न्यौपाने,अस्पतालका मेसु डाक्टर विनोद सिंह,राप्ती बबई क्याम्पस तुलसीपुरका स्ववियू सभापति अनिल कार्की,हिरा डाँगी फाउन्डेसनका सल्लहाकार जितेन्द्र प्रकाश वली,नेविसंघका विद्यार्थी नेता केशव भुसाल,दलित विद्यार्थी संघका जिल्ला अध्यक्ष कल्सिङ विक, युवा नेता मेघराज केसी, फाउण्डेशनका सदस्य विमल खड्का प्रकाश रोकाय,कैलाश मगर,तिलक डाँगी लगाएको सहभागिता रहेको थियो । निशुल्क खाजा वितरण अभियान ५ दिन सम्म चल्ने छ ।