२०७८ बैशाख ४ गते शनिवार

कञ्चनपुरमा पिकनिक गएका वडाध्यक्षको मृत्यु, सात पक्राउ

धनगढी, चैत १४ । कञ्चनपुरमा पिकनिक गएका वडाध्यक्षको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदनबहादुर चन्दको पिकनिक गएका बेला मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिसहित ८ जनाको टोली वेदकोट नगरपालिका–६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका थिए।

‘त्यहाँ वडाअध्यक्षलाई मासु र रक्सी खाने बेला अचानक घाँटीमा समस्या आएको भन्ने छ। सँगै गएकाहरूले मासु घाँटीमा अड्केर समस्या आयो भनेका छन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमर थापा क्षेत्रीले भने।

घाँटीमा समस्या देखिएपछि उनलाई शुक्रबार नै महाकाली अस्पताल पुर्‍याइएको थियो। त्यहाँ पुर्‍याउँदा अस्पतालले मृत्त घोषणा गरेको डिएसपी थापाले बताए।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *