घोराही, माघ २९ । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई कारबाही माग गर्दै विद्यार्थीले शुक्रवार घोराहीमा प्रदर्शन गर्ने भएका छन् ।
बलात्कार पछि हत्या गरिएकी भट्टका हत्यारालाई कारवाहीको माग गर्दै नेपाल महिला सामुदायिक सेवा केन्द्रको नेतृत्वमा घोराहीमा प्रदर्शन हुने भएको हो ।
भट्टको हत्यामा संलग्न ब्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै विद्यार्थीले विरोध कार्यक्रम गर्ने निधो भएको बालिका शिक्षा कार्यक्रमका प्रमुख लक्ष्मी गुप्ताले बताइन ।
दिउसो १ बजे घोराहीको बीपी चोकमा भेला भएर तुलसीपुर चोकमा पुगेर कोण सभामा हुने उनले जानकारी दिइन ।
प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार