२०८१ जेष्ठ ११ गते शुक्रवार

जन्मदिनमा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण


तुलसीपुर,माघ १९ । तुलसीपुर नगर जेसिज बर्ष २०२१ का अध्यक्ष नारायण भट्टराईले आफ्नो दिनको अबशरमा बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेका छन् ।

भट्टराईले सोमबार जन्मदिनको अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित जनश्रम प्राथमिक बिद्यालय गैरापातुका अति बिपन्न ३५ जना बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन ।

उनले बिद्यालयका लागि खेलकुदका सामाग्रीपनि वितरण गरेका छन् ।बिपन्न परिवारका विद्यार्थीको पठन पाठनमा सहयोग पुगोस भनेर ती सामाग्री प्रदान गरेको शिक्षक समेत रहेका भट्टराईले बताए ।

बिद्यालयकी प्रधानाध्यापक सुशिला भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको सहयोग हस्तान्तरण कार्यक्रममा तुलसीपुर नगर जेसिजका पूर्ब अध्यक्षहरु जेसि मेघराज घिमिरे, जेसि दिपेस भण्डारी, जेसि बिमल कुमार पौडेलले शुभ कामना मनतब्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण शिक्षक एकराज भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *