२०८१ भाद्र २३ गते आइतवार

पेरुको ट्यांकर दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो

एजेन्सी ।  गत जनवरी २३ मा करिब १० हजार लिटर एलपिजी ग्याँस बोकेको ट्यांकर विस्फोट भएको थियो।

शुरुमा दुई जना मात्र उक्त दुर्घटनामा मारिएका र ५० जना घाइते भएका थिए, तर अधिकांश व्यक्तिका शरीर जलेका कारण मृत्यु हुनेको संख्या बढेको मन्त्रालयले जनाएको छ।

तिब्र गतिमा दौडेको ट्यांकर सडकका खाल्डाखुल्डीमा परेर ग्याँस चुहिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । विस्फोटबाट भिल्ला एल साल्भाडोर जिल्लाका सडक किनाराका धेरैवटा घर र सवारी साधनमा क्षति पुगेको थियो।

सरकारी वकीलहरुले ट्यांकर चालक ७४ वर्षीय लुइस गुजमानमाथि कारबाही चलाउन मुद्दा दर्ता गरिसकेका छन्।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *