मेष
आयआर्जनका मार्गहरू बन्नेछन्। परिवारमा एवं दाम्पत्य सुख, शान्ति, समृद्धि छाउनेछ। मान, सम्मान मिल्नेछ। घरपरिवारको सहयोग प्राप्त हुन सक्नेछ। स्वास्थ्यमा केही समस्या देखिनेछ। नयाँ कार्यको थालनीको योग रहला। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ।
वृष
विद्या, बुद्धि बढ्न सक्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा इज्जत, प्रतिष्ठा बढ्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धिको साता बन्नेछ। आर्थिक पक्ष मध्यम रहला। खेलाडीहरूका लागि साता मध्यम छ। शिक्षा क्षेत्रमा भने राम्रै देखिएको छ। यात्रा सुखद हुन सक्ने देखिन्छ।
मिथुन
इज्जत, प्रतिष्ठा बढ्नेछ। व्यापार, व्यवसायमा लाभको साता बन्न सक्नेछ। साहित्य, सङ्गीतमा निकै राम्रो हुने देखिन्छ। पारिवारिक एवं दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि रहला। दाजुभाइ, दिदीबहिनीबाट पाउने सहयोग राम्रै रहेको छ। नयाँ कार्यको थालनी होला। देशविदेशको यात्रा सुखद हुने देखिएको छ।
कर्कट
आर्थिक समृद्धिको साता बन्न सक्नेछ। नयाँ कार्यको थालनीका योगहरू बन्नेछन् तर लगानी भने सोचेर मात्र गर्नुपर्नेछ। परिवारमा केही झैझगडा होला। स्वास्थ्यमा थोरै समस्या देखापर्न सक्नेछ। तसर्थ खानपिनमा मुख बार्नुभएमा निकै राम्रो हुनेछ। व्यापार, व्यवसायमा मध्यम लाभ छ। केही आर्थिक भार बढ्ने देखिन्छ। राजनीतिक र सामाजिक क्षेत्रमा पनि मध्यम लाभ छ। विद्या, बुद्धि बढ्न सक्नेछ।
सिंह
शारीरिक रूपमा केही समस्या रहला। यात्राको क्रममा निकै विचार पुऱ्याउनुपर्नेछ। मनमा उत्साह र उमङ्ग छाइरहनेछ। दाजुभाइ, दिदीबहिनी र परिवारबाट भरपुर सहयोग प्राप्त होला। आर्थिक समृद्धि, उन्नति, प्रगतिको साता बन्नेछ। तर लेनदेनमा निकै विचार पुऱ्याउनुपर्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा मध्यम लाभ छ। व्यापारमा सामान्य लाभ हुन सक्नेछ।
कन्या
जागिरेहरूका लागि साता मध्यम छ। व्यापार, व्यवसायमा भने त्यति राम्रो देखिँदैन। अकस्मात् यात्राका योग बन्लान्। पारिवारिक एवं दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि मध्यम रहला। अकस्मात् धनलाभ हुने देखिन्छ। यात्रा सुखद हुनेछ। खेलाडीहरूका लागि साता मध्यम रहेको छ।
तुला
पारिवारिक सुख, शान्ति, समृद्धिको साता बन्नेछ। मनमा उत्साह र उमङ्ग छाइरहनेछ। आर्थिक समृद्धि, उन्नति, प्रगति राम्रो देखिन्छ। घरपरिवारबाट पाउने सहयोग मध्यम रहेको छ। यात्रा सुखद हुन सक्नेछ। कृषि क्षेत्रमा लाभ छ। राजनीतिक र सामाजिक क्षेत्रमा इज्जत, प्रतिष्ठा बढ्नेछ।
वृश्चिक
साता सामान्य देखिन्छ। स्वास्थ्यमा केही समस्या देखापर्न सक्नेछ। मनमा अशान्ति र पीडा छाइरहला। दाम्पत्य एवं पारिवारिक जीवनमा भने सुख, शान्ति प्राप्त हुने देखिन्छ। खानपानमा अमिलो, पिरोबाट टाढा बस्नुपर्नेछ। नयाँ कार्यको थालनीको साता बन्न सक्नेछ।
धनु
राजनीतिक र सामाजिक क्षेत्रमा निकै राम्रो उन्नति, प्रगति हुनेछ। स्वास्थ्यमा धेरै विचार पुऱ्याउनुपर्ने देखिन्छ। दाम्पत्य एवं पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि रहला। कृषि क्षेत्रमा लाभ हुनेछ। नयाँ कार्यको थालनीको योग छ। दाजुभाइ, दिदीबहिनी र परिवारका सदस्यहरूबीच राम्रो सहयोगको वातावरण रहनेछ। व्यापार, व्यवसायमा मध्यम लाभ हुने देखिन्छ।
मकर
मनमा चिन्ता छाइरहनेछ। दाम्पत्य एवं पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि रहनेछ। आर्थिक उन्नति, प्रगतिको साता बन्नेछ। नयाँ काममा साथ र सफलता प्राप्त हुने देखिन्छ। दाजुभाइ, दिदीबहिनी र परिवारबाट भरपुर सहयोग प्राप्त होला। खानपिनमा अमिलो, पिरोबाट टाढै रहनुपर्नेछ। व्यापार, व्यवसायमा लाभ हुनेछ। खेलाडीहरूका लागि साता सामान्य रहेको छ। राजनीतिक र सामाजिक क्षेत्रमा भने सफलता मिल्नेछ।
कुम्भ
मनमा चिन्ता छाउनेछ। रोगब्याधिले सताइरहनेछ। व्यापार, व्यवसायमा मध्यम लाभ छ। घरपरिवारबाट पाउने सहयोग राम्रो देखिन्छ। आर्थिक समृद्धि, उन्नति, प्रगति पनि निकै राम्रो देखिएको छ। दाम्पत्य एवं पारिवारिक जीवनमा केही कष्ट सहनुपर्ने हुन सक्छ। अकस्मात् यात्राको योग बन्न सक्नेछ। स्वास्थ्यमा थोरै विचार पुऱ्याउनुपर्ने देखिन्छ। राजनीतिक क्षेत्र सामान्य देखिन्छ।
मीन
पारिवारिक एवं दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि छाउनेछ। घरपरिवारको सहयोग प्राप्त हुनेछ। दाजुभाइ, कुलकुटुम्ब र इष्टमित्रबाट भरपुर सहयोग प्राप्त हुनेछ। आर्थिक उपार्जन र उन्नति, प्रगतिको मार्ग भने प्रशस्त बन्ने देखिएको छ। नयाँ काममा भने बारम्बार बाधाहरू आउन सक्नेछन्।
राशिफल युवा ज्योतिषी तथा वास्तुशास्त्री – मुस्कान खनाल
केन्द्रिय सदस्य दक्षिण एशियाली ज्योतिष महासंघ
कुण्डली भाग्य, घोराहि दाङ
सम्पर्क : ९८५११९३९६४, ९८२२८५०७३५