मिथिलाञ्चलको महान पर्व छठको आज तेश्रो दिन छठ। आज साँझको अस्ताउँदो सूर्यलाई व्रतालुहरुले अर्घ्य दिएका छन् । श्रद्धा, भक्ति र सबै जीवप्रति सहानुभुति राख्ने प्रतिबिम्बको रुपमा मनाइने छठ पर्व आज दाङको कालाखोलामा ब्रतालुहरुले सूर्यलाई अर्घ्य दिएका छन ।
आज छठ पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन बिहानै नुहाएर निराहार व्रत बसी व्रतालुहरुले साँझको अस्ताउँदो सूर्यलाई आफ्नो कम्मर सम्मको पानीमा उभिएर सूर्यलाई अर्घ्य दिने परम्परा अनुसार अर्घ्य दिएका छन । आज रातभरी जाग्राम बसी भोलि बिहानको उदाउदो सूर्यलाई अर्घ दिएपछि छठपर्वको समापन गरिन्छ ।
हेर्नुहोस फोटोफिचर
प्रकाशित मिति : २०७५ कार्तिक २७ गते मङ्गलवार