२०८३ मङ्सिर ६ गते शनिवार

श्रीमतिसहित ३ सन्तानमाथि बञ्चरो प्रहार, अवस्था गम्भीर घाइते

दाङ, मंसिर ५ ।

दैलेखमा एक जनाले शनिबार बिहान आफ्नी श्रीमतिसहित तीन सन्तान माथि बञ्चरो प्रहार गरि गम्भीर घाइते तुल्याएका छन् ।
जिल्लाको चामुन्डा बिन्दासैन नगरपालिका – ३ पानिखोलाका ३८ बर्षीय अम्बर सलामी मगरले सामान्ने घरासयसी बिबादका क्रममा शनिबार बिहान साढे ९ बजेतिर बञ्चरो प्रहार गरि आफ्नी श्रीमतिसहित तीन सन्तानलाई गभ्भीर घाइते तुल्याएको जिल्लाका प्रबक्ता प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनले बताए ।


बञ्चरो प्रहार बाट उनकी ३५ बर्षीया श्रीमति मनिसा सलामी मगर, १२ बर्षीय छोरा तपेन्द्र सलामी , ६ बर्षीय छोरा मिलन र ३ बर्षीया छोरी करिस्मा सलामी गम्भीर घाइते छन् ।
घाइते सबैलाई एम्बुलेन्स मार्फत नगर अस्पताल दुल्लु तर्फ पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु सबैको टाउकोमा गम्भीर घाउ खत छ ।


इप्रका दुल्लुबाट प्रहरी निरीक्षक सरोज कंडेलको कमाण्डमा पुगेको टोलीले बञ्चरो प्रहार गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *