
तुलसीपुर, असोज १८ ।
तुलसीपुरमा आइतबार एका बिहानै एक जना महिलाको सुनको सिक्री लुटिएको छ ।
तुलसीपुर उपमहानगरपालिका – ६ गुम्ह्राचोक निवासी ३० बर्षीया सृजना केसीको बाहिनी चोक नजिकै सुनको सिक्री लुटिएको हो ।
बिहानै मोनिङवाकमा निस्किएकी सृजना बाहिनी चोकको सडक किनारमा एकाबिहानै गाउँघर बाट स्थानीय किसानले आफ्ना तरकारी जन्य उत्पादन बिक्री गर्न लक्सरै बस्ने गर्छन । त्यहाँ बिहान संधै तरकारी किन्नेहरुको भिडभाड हुन्छ ।
त्यसैको फाइदा उठाउँदै झुसमुुसे बिहानीमा मधेसी मुलुका जस्ता देखिने अपरिचित ब्यक्तिले सृजनाको घाँटीबाट डेढ तोला जतिको सुनको सिक्री थुचेर भागेको पीडिले प्रहरीलाई अवगत गराएकी छिन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले आफ्नो सुनको सिक्री लुटिएको बारे पीडितले बिहान पौने ६ बजेतिर इलाका प्रहरी कार्यालय तुलसीपुरमा फोन गरि अवगत गराएकी थिइन ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
