काठमाडौँ,कात्तिक १४ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दैछन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा दिउँसो ४ बजे गुटेरेसले सम्बोधन गर्न लागेका संसद सचिवालयले जानकारी दिएको छ।
बैठक आरम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ।
उनको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ। संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको अभिलेख राख्नेछ ।
बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको सचिवालयको भनाई छ। साजसज्जालगायत सबै तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ।
प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार