२०८० मङ्सिर २३ गते शनिवार

महासचिव गुटरेसको लुम्बिनी भ्रमणमा प्रधानमन्त्री सहभागी हुने

दाङ,कात्तिक १३ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोरियो गुटरेसको लुम्बिनीमा हुने भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुने भएका छन् । प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा शनिबार राति नेपाल आएका गुटरेस मंगलबार बिहान लुम्बिनी आउने भएका हुन् ।


लुम्बिनी विकास कोषले महासचिव गुटरेसको लुम्बिनी भ्रमणको तयारी तीव्र पारेको छ । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) को अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले आवश्यक सुरक्षा प्रबन्धबारे छलफल गरेको हो ।

महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारको अवसर हुने र आगामी दिनमा लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघको योगदानको खोजी गर्न सकिने उपाध्यक्ष डा.लामाले जिकिर गरे ।

उनले महासचिव आउनु नै हाम्रो लागि गौरवको विषय भन्दै भ्रमणले विश्वव्यापी रूपमा बुद्ध र लुम्बिनीको प्रचार हुने दाबी गरे ।

उनले महासचिवलाई बुद्ध जन्मस्थलमा भव्यताका साथ स्वागत गर्ने गरी आफूहरूको तयारी रहेको खुलाएर । स्थानीयले फुल माला लगाइदिने छन् । अन्य आत्मीय स्वागतको सबै तयारी भएको लुम्बिनी विकास कोष प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताई ।

उनले बृहत्तर लुम्बिनीको विकासमा कोरियाली प्रोफेसर क्वाक योंग हुमले तयार गरेको विश्व शान्ति सहरको परिकल्पनामा आधारित गुरुयोजना समेतलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घको सहयोग र सद्भावका लागि महासचिवको भ्रमण फलदायी हुने उनले बताए ।

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *