२०८१ माघ २६ गते शनिवार

भोलिदेखि संसदको चालु अधिवेशन अन्त्य हुने

काठमाडौं, असोज २५ । संघीय संसदको चालु अधिवेशन भोलि (शुक्रबार) देखि अन्त्य हुने भएको छ।

संसद सचिवालय स्रोतका अनुसार सरकारले भोलि मध्यराति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न पत्र पठाएको छ।

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ। संसदको यो अधिवशेन गत वैशाख २४ गते सुरू भएको थियो।

अधिवेशन अन्त्य गर्ने सरकारको पत्र पाएपछि सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग परामर्श गरेका थिए।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलका नेताहरूसँग अधिवेशन अन्त्यबारे छलफल गरेका थिए।

२८ गतेदेखि दसैं पनि सुरू हुने भएकाले भोलि नै अधिवेशन अन्त्य गर्नु उपयुक्त हुने रायपछि सरकारले संसदलाई पत्र पठाएको हो।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *