२०८० मङ्सिर १७ गते आइतवार

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं,असोज २२ । संघीय संसदअन्तर्गत सोमबार प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक आज दिउँसो साढे ३ बजे सुरु हुनेछ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ।

यसैगरी, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने, सभामुखले विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *