२०८१ चैत्र १३ गते बुधवार

ल्हासाबाट छेन्दु पुगे प्रचण्ड

काठमाडौं ,असोज १२ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छेन्दु पुगेका छन्। उनी तिब्बतको ल्हासाबाट आज (शुक्रबार) बिहानको उडानबाट छेन्दु पुगेका हुन्।

प्रचण्डलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गरे।

छेन्दुमा उनले चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेका प्रधानमन्त्री दाहालले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए। उनले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए।

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका दाहाल यो शनिबार छेन्दुबाटै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *