२०८० असोज १५ गते सोमवार

प्रतिनिधि सभाको बैठक दुई हप्तासम्मका लागि स्थगित

काठमाडौँ ,भदौ २९ । प्रतिनिधि सभाको बैठक दुई हप्ता लामो समयका लागि स्थगित भएको छ। प्रधानमन्त्री प्रचण्डको न्युयोर्क र चीन भ्रमणपछि फर्केर बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको हो।

प्रधानमन्त्रीले न्युयोर्क भ्रमणअघि संक्रमणकालीन न्याय सम्बन्धि बेपत्ता नागरिक खोजीबीन, सत्य निरुपण तथा मेलमिलाप विधेयक प्रतिनिधि सभामा पेश गर्न चाहेका थिए।

तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहमत नभएपछि १६ दिनपछि बसनेगरी बैठक स्थगित भएको छ।

शुक्रबार बसेको बैठकमा प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमणको विषयमा जानकारी गराएपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असोज १४ गते बस्ने जानकारी दिए।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्न शनिबार न्ययोर्क जाँदैछन्। उनी उतैबाट असोज ४ गते चीन जानेछन्।

टीआरसी विधेयकमा सहमति जुटाउन बनाइएको ११ सदस्यीय उपसमितिले लगभग सबैमा सहमति जुटाइसकेको छ। तर, एमाले अध्यक्ष ओलीले सहमति नदिएकै कारण उपसमितिले अन्तिम प्रतिवेदन लेख्ने काम जारी राखेको छ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *