दाङ,भदौ १३ । नेपाली कांग्रेसका क्रियाशिल सदस्य वसन्त कुमार भण्डारीले आफ्नो बारेमा भ्रामक सुचना फैलाएको भन्दै आपत्ति प्रकट गरेका छन ।
भण्डारीले बुधबार एक बिज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केही कार्यकर्ताले कांग्रेस छोडेर रास्वमामा आउने र आशन्न देउखुरी उद्योग वाणिज्य संघको अधिवेशनमा नेतृत्व गर्ने भन्ने गलत सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन।
‘म नेपाली काङ्ग्रेसको क्रियाशील सदस्य भएको हैसियतले अघिल्लो पटक देउखुरी उद्योग वाणिज्य संघको सचिवमा निर्वाचित भएको यहाँहरु सबैलाई थाह भएकै कुरा हो । म नेपाली काङ्ग्रेसको मूल्य मान्यता, नीति, विचार र सिद्धान्तमा विचलित हुने नसक्ने मेरो पार्टीका सबै नेतागण, कार्यकर्ता र शुभ चिन्तकज्युहरुलाई जानकारी गराउदै त्यस्ता खाले दिग्भ्रमित कुराको पछि नलाग्न पनि हार्दिक अनुरोध गर्दछु ।’
आसन्न देउखुरी उद्योग वाणिज्य संघको १२ औं अधिवेशनमा नेपाली कांग्रेसबाट बन्ने उम्मेदवारलाई निर्वाचित गराई सहयोग गर्न समेत सम्पुर्ण उद्योगी व्यवसायीज्युहरुमा अनुरोध छू,’भण्डारीले जारि गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ।’