काठमाडौं,भदौ ९ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीयता बचाउन र संघीय कानुन कार्यान्वयनमा केन्द्रीय सरकार प्रतिबद्ध नरहेको बताएका छन्। संघीयता बचाउन शान्तिपूर्ण संवैधानिक लडाइँ लड्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
शनिबार जनकपुरधाममा एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले एक समय मधेस माने कांग्रेस र कांग्रेस माने मधेस बुझिएजस्तै पुनः सोही नारा र माहोल बनाउन जुट्नुपर्ने आवश्यकता रहेको बताए।
जनकपुरधाममा आधुनिकतालाई स्वीकार गर्दै आर्थिक गतिविधिहरु हुनुपर्ने भन्दै उनले यहाँका युवाहरुले समाजिक गतिविधि बढाउनुपर्ने र समाजमा योगदान दिएकाहरुको खोजी गरी सम्मान गर्नुपर्ने बताए।
प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार