२०८२ माघ १ गते बिहिवार

एकीकृत समाजवादीको महाधिवेशन माघमा

काठमाडौँ ,भदौ ८ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठकले मुलुकका रुपान्तरणकारी एजेण्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने निर्णय गरेको छ।

गत मंगलबारदेखि सुरु भएको बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बैठकले पार्टीमा युवा विद्यार्थीको सहभागिता बढाउने उद्देश्यले महाधिवेशनअगावै युवा विद्यार्थीलक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको बताए।

त्यस्तै, बैठकले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने निर्णय गरेको छ।

बैठकले देशभर पार्टी विस्तार गरी आगामी २०८३ सालको स्थानीय तहको निर्वाचनमा लड्ने र बहुसंख्यक पालिकाहरुमा बहुमत ल्याउन सक्ने गरी पार्टीको निर्माण गरेर मात्रै त्यो अभिभारा पूरा गर्न सकिने र आगामी दिनमा सबै राजनीतिक र साङ्गठनिक प्रयासहरु त्यसकै लागि केन्द्रित हुने निर्णय गरेको छ।

त्यस्तै, बैठकले कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतः संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी तोक्ने निर्णय गरेको छ। मंसिर मसान्तसम्म कमिटी नभएका पालिका र वडाहरुमा कमिटी गठन र सबै कमिटीहरुले सदस्यताको वितरण गर्ने काम हुने प्रवक्ता खतिवडाले बताए।

१५ दिन पनि कार्यक्षेत्रमा समय दिन नसक्ने कुनै पनि तहका कमिटीका अध्यक्ष र सचिवहरुलाई उक्त जिम्मेवारीबाट मुक्त हुनका लागि आग्रह गरिने र त्यस्ता पदाधिकारीलाई अन्य जिम्मेवारी प्रदान गरी निर्णय कार्यान्वयन गरिने बताए।

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *