२०८२ पुष ३० गते बुधवार

पक्राउ पुर्जी जारी भएका गच्छदारलाई सीआईबीले बयान लिएर छोड्यो

काठमाडौँ,भदौ ५ । ललितानिवास प्रकरणको अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बयान लिएर छोडेको छ ।

उनीसँग सीआईबीले सोमबार साँझ बयान लिएको हो । उनलाई पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई जस्तै ठाडो कागज बयान गरेर छाड्न देउवाको दबाब थियो ।

सोही अनुसार पक्राउ पुर्जी भएका गच्छादारलाई बोलाएर सीआईबीले बयान लिएको हो । सीआईबीलाई पूर्वप्रधानमन्त्री र मन्त्रीलाई अदालत पेस नगर्न राजनीतिक दबाब छ ।

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *